Latest Apps and Games
Biography of the supreme  leader of nepal kp sharma oli.

Biography of the supreme leader of nepal kp sharma oli.


Download

 


"केपी बा" नामबाट युवावर्ग कार्यकर्ता सहपाठीहरू बीच राष्ट्रवादी नेता एवं प्रखर  वक्ताको रुपमा आफ्नो अलग पहिचान बनाउनु  भएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीलाई एक कुशल राजनीतिक एवम् कूटनीतिक चातुर्य भएको व्यक्तिको रुपमा लिन सकिन्छ। आफ्नो  गहकिला ,रसिला र ठट्यौली भाषाशैलीको कारण उहाँ जनता र कार्यकर्ता मात्र नभएर आफ्नो प्रतिद्धन्दी र विरोधीहरुको बिचमा पनि प्रसिद्ध हुनुहुन्छ ।गाउँको धुर्ब देखि प्रधानमन्त्री ओलीसम्म को यात्रा अझ भनौं भने विकट गाउँमा जन्मिएका  ओलीको बालुवाटारसम्म प्रेरणादायी यात्रा कसरी सम्भव भयो र यस यात्रामा कस्ता आरोह र अवरोह सामना गर्नुपर्यो आजको अङ्गमा यसबारे संक्षिप्तमा वर्णन गर्ने छौं।
जन्म र बाल्यकाल:
केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११गते तेह्रथुम जिल्लाको युवा गाविस वडा न.२,स्थित तिन-सल्लेभन्ने ठाउँमा पिता मोहनप्रसाद ओली र माता मधु माया ओलीका कान्छा सन्तानको रुपमा भएको थियो। तर दुर्भाग्यबस उनी ४ वर्षको हुँदा बिफरको कारणले उहाँको आमाको असामयिक निधन भयो । यही नै ओलीको चुनौतीशिल र संघर्षशील यात्राको सुरुवात थियो। त्यसपछि उहाँको पालनपोषण हजुर आमा राममाया ओलीले गरिन्। निम्नवर्गीय गरिव किसान परिवारमा जन्मिएका र सानैमा आमा गुमाएका कारण उहाँको पालनपोषण राम्रोसग हुन सकेन। शारीरिकरुपमा साना र ख्याउटे भएपनि उनी एकदमै मेधावी ,चलाख र  तृष्ण बुद्धि भएका बालक थिए। बौद्धिक खेलहरुमा उनको विशेष लगाव थियो भने यस्ता खेलहरु खेल्नमा साथीहरुलाई साथीहरुलाई पनि प्रोत्साहन गर्ने गर्दथेँ। बौद्धिक खेलको अलावा उनको रुचि फुटबलमा पनि विशेष थियो। केपी शर्मा ओलीका बाल्यकालको नाम  ध्रुव प्रसाद ओली थियो। पछि विद्यालय भर्ना गर्दा उनका पिताले खड्गप्रसाद ओली भनी नाम राखिदिए ।केपि ओलीका एक दिदी र सौतानी आमा पट्टिका एक भाइ र तीन बैनिहरु छन्।१२वर्षका हुँदा ओली परिवार झापामा  बसाइँसराइ गर्यो। त्यसपछिका ओलीका बाल्यकाल रामनाथ दाहाल नाम गरेका  कम्युनिष्ट नेताको छत्रछाँयामा बितेको थियो। उनको इमान्दार र चलाख स्वभावबाट रामनाथ दाहाल विशेष प्रभावित थिए ।उनै रामनाथ दाहालको कम्युनिस्ट विचारधारा र गतिविधिबाट प्रभावित भएर ओलिको प्रारम्भिक राजनीतिक यात्राको सुरुवात भएको जानकारहरु बताउँछन्।
शिक्षा:
कक्षा ५ सम्म प्रारम्भिक शिक्षा उनले तेह्रथुमको तत्कालीन प्रणामी माध्यमिक विद्यालयबाट गरेका थिए भने उनको परिवार झापा गरेपछि एसएलसीसम्म अध्ययन झापाकै हिमालय माध्यमिक विद्यालयबाट गरेका थिए। एसएलसीपछि केहीसमय ओलीले  बिज्ञान विषयको प्रथामिक शिक्षकको रूपमा  अध्यापन गराए। औपचारिक शिक्षा एसएलसी मात्र भएपनि धर्म दर्शन इतिहास राजनीति कानुन विज्ञान आदि विषयमा  उहाँविशेष दख्खल राख्नुहुन्छ।
प्रारम्भिक राजनीतिक जीवन:
रामनाथ दाहाल एक निष्ठावान वामपन्थी कार्यकर्ता एवं नेता थिए । उनै रामनाथ दाहालका सहयोगी रुपमा कम्युनिष्ट राजनीतिमा केपी शर्मा ओलीको प्रवेश भयो।तत्कालीन समयमा रामनाथ दाहालको नेतृत्वमा जमिन्दार र सामन्तीहरूको भौतिकरुपमा सफाया गरी उक्त सम्पत्ति निमुखा गरीब हरुमा बाँड्ने अभियान सुरु भएको थियो। यस अभियानलाई झापा विद्रोहको नामबाट चिनिन्छ।  यस विद्रोहमा१०जनाभन्दा बढी सामन्तीहरूको टाउको काटिएको थियो। यो नै अस्ताउँदै गएको कम्युनिष्ट आन्दोलनको नयाँ उदय र तत्कालिन पन्चायत शासन व्यवस्थाविरुद्ध कम्युनिस्ट अभियानको सुरुवात थियो। तत्कालीन पञ्चायत शासनले उक्त कदमलाई पचाउन सकेन र पछि उनै रामनाथ दाहाल लगायत अन्य पाँचजना अगुवा नेताहरुलाई झापाबाट इलाम कारागार सार्ने बहाना बनाई सुखानी नाम गरेको जंगलको यमद्वार भन्ने ठाउँमा  लगेर गोली हानी हत्या गर्यो ।जसलाई सुखानी काण्ड वा झापा काण्ड पनि भनिन्छ। तत्कालीन सरकारले  केपी शर्मा ओली मोहनचन्द्र राधाकृष्ण मैनाली लगायत झापा आन्दोलनमा संलग्न नेताहरुको विरुद्ध कदम उठायो जसको फलस्वरुप उहाँ मोहनचन्द्र सँग चारमहिना भारतमा गएर बस्नु पर्यो।
औपचारिक रुपमा २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएर आफ्नो राजनीतिक जीवन को सुरुवात गर्नुभएका उहाँले कम्युनिष्ट पार्टीको २०२६ सालमा सदस्यता लिनुभयो र त्यसै साल माघमा उहाँलाई गिरफ्तार गरियो र पछि छोडियो।
२०२६ देखि २०३० सम्म आइपुग्दा पटक पटक गरी १०पटक केपी शर्मा ओली जेल पर्नुभयो ।तत्कालीन परिस्थिति कम्युनिष्ट अन्दोलन को प्रतिकूल बन्दै गरिरहेको  थियो भने नेता तथा कार्यकर्ता विभिन्न आरोपमा  धमाधम जेल पर्न थालेका थिए  त्यसैले २०२७ साल पुस ९ गते पूर्णकालीन नेताको रुपमा उहाँ भूमिगत हुनु पर्यो। त्यसको एक वर्षपछि २०२८सालमा उहाँ झापा आन्दोलनको संगठन कमिटी प्रमुख रूपमा मनोनीत हुनुभयो। उहाँ राजनीतिक सक्रियताको कारण तत्कालीन शाही सरकारको नजरमा परिसक्नु भएको थियो।
२०३० साल असोज २३ गते भारतको कानपुर बाट नेपाल फर्किने क्रममा उहाँलाई राज्य विप्लव  तथा विध्वंशकारी कार्यमा सहभागी भएको जस्ता विभिन्न झुट्टा आरोप लगाई रौतहटबाट पक्राउ गरियो। त्यही नै ओलीको १४बर्ष  जेल जीवनको सुरुवात थियो।         
जेल जीवन:
केपी शर्मा ओली जेल पर्दा मात्र २२वर्ष उमेरका थिए। ओलीलाई चारवर्ष गोलघरको एकदमै कडा यातनामा राखियो। ओलीलाई दिसापिसाब गर्न चर्पी जाने बाहेक गोलघरको ओरपर  आगनमा निस्कन पनि अनुमति दिँदैनथ्यो। तत्कालीन जेल को कडा यातना को कारण कलिलै उमेरका ओलीलाई मानसिक असर पर्न गयो र उनी डिप्रेसनका सिकार भए तर उनी निकै प्रेरणदायी र आशावादि मान्छे थिए" जेलमा यतिकै मरिन्छ कि केहो ?भनि सहपाठीहरुले उनलाई सुनाउँदा उनी "कहाँ मर्ने हामी मरे पञ्चायत कसले फाल्छ? हामी बाँच्ने हो र कम्युनिष्ट आन्दोलन सफल बनाउने हो। अनि पंचायत फाल्ने हो।" भनी जवाफ दिन्थे उनको यो आशावादी विचारधाराले सबैलाई  प्रोत्साहन गरिरहन्थ्यो पछि उनका कम्युनिष्ट साथीहरूको साथ र सहयोगले डिप्रेसन रोग हटे पनि उनलाई क्षयरोग र अल्सर  रोगले एकैचोटी समातेर उनी हिँडडुल गर्न र उठ्न सम्म पनि नसक्ने भए।उनी यति सम्म कमजोर भएकी उनको तौल २६-२७ किलो मात्र भएको उनीसँगै जेल जीवन बिताएका नेताहरु बताउँछन्। तत्कालीन जेलबाटै केही वरिष्ठ कम्युनिस्ट  नेताहरूको समूहले २०३५ साल पुस ११ गते गठन गरेको मार्क्सवादी लेनिनवादी पार्टी मालेको संस्थापक नेताको रुपमा  ओलीले आफ्नो हैसियत प्राप्त गरे। तत्कालीन पञ्चायत शासन विरुद्ध जनभावना तीव्ररुपमा बढ्दै गएपछि तत्कालीन सरकारले थुनिएका नेता तथा कार्यकर्ताहरुलाई धमाधम रिहा गर्न थाल्यो। यसैक्रममा २०४४साल असार ०२ गते केपी शर्मा ओली १४वर्षपछि जेलमुक्त भए। त्यसै वर्ष पुस २गते बसेको तत्कालीन नेकपा मालेको केन्द्रिय समितिको बैठकले उहाँलाई केन्द्रीय सदस्यको रुपमा मनोनित गर्यो।
वैवाहिक जिबन :
ओलीको बिबाह तत्कालीन विद्यार्थी नेतृ राधिका शाक्यसँग भएको थियो । राधिका शाक्य जन्म पाटनको एक गरिब परिवारमा भएको थियो। सानैदेखि कम्युनिस्ट विचारधारामा आस्था राख्ने राधिका शाक्य र केपी शर्मा ओलीको पहिलो भेट २०४४ मा कम्युनिष्ट पार्टीले पुल्चोक क्याम्पसमा भखरै जेलबाट छुटेका नेताहरूको सम्मानमा आयोजना गरेको स्वागत  कार्यक्रममा भएको थियो। उक्त कार्यक्रममा ओलीको भाषण र विचारधाराबाट राधिका  निकै  प्रभावित भइन्  र पछि केही  कम्युनिस्ट नेताहरूको सक्रियतामा ओली र  शाक्यको विवाह सम्पन्न भयो।
जेलजीवनपछि  केपी शर्मा ओलीका राजनीतिक यात्रा:          केपी शर्मा ओली तत्कालीन माले पार्टीको केन्द्रीय सदस्यमा मनोनित भइसकेपछि  विसं २०४६ मा लुम्बिनी अञ्चल इन्चार्ज नियुक्त हुनुभयो। २०४७ साल जेष्ठ १ गते उहाँकै नेतृत्वमा  प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको स्थापना भयो। २०४७ साल  पुस २२ गते तत्कालीन माले र मार्क्सवादीबीच एकता भयो भयो र नयाँ एमाले पार्टीको स्थापना भयो र।उक्त नव-स्थापित पार्टीको उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो। प्रजातन्त्र स्थापनापछि भएको २०४८सालको आमनिर्वाचनमा केपी शर्मा ओलीले झापा ६ बाट विजय हासिल गर्नुभयो र प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो। २०५० सालमा उहाँ पार्टीको केन्द्रीय प्रसार विभागको जिम्मेवारी सहित  पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो। २०५२सालमा भएको मध्यावधिक  निर्वाचनमा उहाँ झापा २ बाट निर्वाचित हुनुभयो र मनमोहन अधिकारी प्रधानमन्त्री भएको  सरकारमा गृहमन्त्री नियुक्त हुनुभयो। २०५१ सालमा उहाँ पार्टी संसदीय विभागको प्रमुख पनि बन्नुभयो। २०५४ सालमा भएको पार्टीको महाधिवेशनबाट उहाँ पार्टीको स्थाई समिति सदस्य र विदेश विभाग प्रमुख रुपमा नियुक्त हुनुभयो। २०५६ मा भएको आमनिर्वाचनमा उहाँ झापा ६ बाट पुनः निर्वाचित हुनुभयो। २०५९ मा भएको पार्टीको सातौं महाधिवेशनले उहाँलाई  पुनः पार्टीको स्थायी सदस्य र बिदेश बिभाग प्रमुखको रुपमा निर्वाचित गर्यो। २०६३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनर्स्थापित संसदको उहाँ उपप्रधानमन्त्री तथा विदेश मन्त्रीमा नियुक्त हुनुभयो। २०६४ सालमा  पहिलो संविधानसभाको निर्वाचनमा उहाँ झापा ७ बाट तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देल सँग करिब १२सय मतान्तरले पराजित हुनुभयो। २०६५ साल फागुनमा भएको आठौंअधिवेशनमा तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा उहाँ पराजित हुनुभयो तर पार्टीको स्थायी सदस्य  एवम् विदेश विभाग प्रमुख रूपमा निर्वाचित हुनुभयो। २०७० सालमा भएको निर्वाचनमा उहाँ झापा-७ बाट  निर्वाचित हुनुभयो। २०७० साल माघमा संसदीय दलको नेता र २०७१साल साउनमा भएको नवौं महाधिवेशनमा उहाँ  पार्टी अध्यक्षको  रुपमा निर्वाचित हुनुभयो। २०७१साल असोज २४ गते प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा  सुशील कोइरालालाई पराजित गर्दै केपी सर्मा ओलि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा प्रथम पटक नेपालको  प्रधानमन्त्री बन्नुभयो। तत्कालीन माओवादीको असहयोग र अविश्वासको प्रस्तावका कारण उहाँले २०७३  श्रावण ९गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो। २०७४ मा भएको निर्वाचनमा उहाँ झापा ५बाट अत्याधिक बहुमतले विजयी हुनुभयो भयो र २०७४ साल फागुन ३ गते दुई-तिहाइ बहुमतको  सरकारको प्रतिनिधित्व गर्दै ४१औँ प्रधानमन्त्रीको रूपमा सफत ग्रहण गर्नुभयो।

राजनीतिमा ओलीको उदय:

केही आलोचक तथा विश्लेषकहरु महाकाली सन्धिपछि ओलीको उदय भएको मान्दछन् ।उक्त महाकाली सन्धि गराउन ओलीले नेपाल र भारतबीच समन्वयकारी भूमिका खेलेको बताउँछन्। ओलीको पार्टीमा प्रभाव र भूमिका देखिन थालेको यही सन्धिपछि हो भन्नेहरूको पनि कमी छैन ।मधेसीको माग सम्बोधन गर्न र भारतको इच्छा विपरीत नयाँ संविधान जारी गरेको विरोधमा भारतले गरेको अघोषित नाकाबन्दीमा डटेर सामना गरेर नेपालमा मौलिक राष्ट्रबाद र आधुनिक राष्ट्रवादकोअनुयायी तथा प्रबधक को रुपमा आफ्नो अलग्गै पहिचान बनाउनु भएका एकमात्र  नेता केपी शर्मा ओली हुन्। उनका विरोधीहरुलाई उनलाई चीन समर्थक पनि भन्दछन् तर उनका राष्ट्रबादी विचारधारा र कदमले हरेक राष्ट्रप्रेमी नेपालीको मन भने अवस्य जितेको छ। उनको यही राष्ट्रबादी अडानकै कारणले उनिलाई यति शक्तिशाली बनाएको छ, कालापानी विवाद देखि असमान सन्धीको विरुद्धमा भारतसँग खुलेर बोल्ने हिमत कोही कसैले  गरेको छ भने त्यो  केपी शर्मा ओली  हुन्। उनको यही राष्ट्रबादी भाव र निर्भीक स्वभावले देश र जनताको मनमा छुट्टै स्थान बनाउन सफल भएका छ। देश र जनता उहाँलाई सधै राष्ट्रबादी नेता एवं भोलिको परिबर्तनकारी राष्ट्र निर्माताको रूपमा देख्न चाहन्छ भने निर्भीकता, अठोट, अनवरत संघर्ष ,राष्ट्र प्रेम आदि उहाँको जीवन बाट लिन सकिने प्रेरणा हरु हुन्।